धनगढीका एक कोरोना संक्रमितको अवस्था गम्भीर बनेपछि काठमाडौं रिफर
शेर भण्डारी\ डडेल्धुरा : धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका एक कोरोना संक्रमितलाई काठमाडौं रिफर गरिएको छ ।
उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि धनगढी उप-महानगरपालिका- ५ का ५१ वर्षीय कोरोना संक्रमितलाई काठमाडौं पठाइएको अस्पतालले जनाएको छ ।
संक्रमित पुरुषलाई हिजो राती साढे १० बजेतिर अस्पतालमा उपचार हुन नसक्ने भन्दै अन्य अस्पतालमा लैजान भनिएको अस्पतालका सूचना अधिकारी दिपिलकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
‘उहाँलाई हामीले अन्यत्र जानु भनेर पठाएका हौं। उहाँको मृगौलामा गम्भीर समस्या थियो, निमोनिया पनि थियो,’ श्रेष्ठले भने, ‘सेती अस्पताल लेवल-२ को अस्पताल भएकाले थप उपचारका लागि लेवल ३ को अस्पतालमा जान भनेर पठाएका हौं।
उहाँहरु काठमाडौं जान्छौं भनेर एम्बुलेन्समा जानुभएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम