खजुराकी संक्रमित नर्सले जितिन कोरोना, आज डिस्चार्ज हुँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँके खजुराकी संक्रमित नर्सले कोरोना जितेर आज डिस्चार्ज हुने भएकी छिन्। जेठ ८ गते भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा रहेकी उनको दुईपटकसम्म गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज हुन लागेकी हुन्।
नर्समा कोरोना पुष्टि भएपछि उनका श्रीमानमा पनि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यसपछि दुबै जना क्यान्सर अस्पतालको आइसोलेसनमा रहेका थिए ।
उनीसँगै उनको श्रीमानको पनि रिपोर्ट नेगेटिभ आएको छ । दुबैजना कोरोना जितेर आज डिस्चार्ज हुन लागेको उनले हेल्थ टिभी अनलाइनलाई बताइन्। उनीहरु दुबै जनाको रिपोर्ट शुक्रबार नै नेगेटिभ आएको हो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम