कोरोना परीक्षण बढाउन नीजि क्षेत्रसँग सहकार्य गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना परीक्षणको दायरा बढाउन सरकारले नीजि क्षेत्रका प्रयोगशालालाई सहकार्य गर्न आव्हान गरेको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बिहिबार एक सूचना जारी गर्दै कोरोना परीक्षणका लागि इच्छुक दर्तावाला प्रयोगशालाले सम्पर्क गर्न आग्रह गरेकोछ । प्रयोगशालाकी निर्देशक डा रुणा झाद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘इच्छुक दर्तावाला प्रयोगशालाले कोभिड १९ को परीक्षणका लागि आफूसँग भएको क्षमता खुलाई के कस्तो सहकार्य गर्न सकिन्छ भन्ने विषयमा सात दिन भित्र प्रस्ताव पेश गर्न प्रयोगशालाले अनुरोध गर्दछौं ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रको पत्र अनुसार ‘टेस्टिङ क्यापासिटी’ बढाउन नीजि क्षेत्रलाई समावेश गराउने निर्णय बमोजिम प्रयोगशालाले सात दिनको समय दिएर प्रस्ताव माग गरेको हो ।
देशभरी २१ स्थानमा स्थापना गरिएका ल्याबबाट दैनिक तीन हजारको हाराहारीमा परीक्षण हुँदै आएको छ । जबकी परीक्षण गर्नुपर्ने कोरोना आशंका भएर क्वारेन्टाइनमा बस्नेको संख्या नै डेढ लाख बढी रहेको छ ।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित