नेपाल मेडिकल कलेजमा कार्यरत चिकित्सकमाथि भएको कुटपिटको विरोध
हेल्थ टिभी अनलाइन\काठमाडौं : काठमाडौंको जोरपाटीस्थित नेपाल मेकिडल कलेजमा चिकित्सकमाथि भएको आक्रमणविरुद्ध बिहिबार काठमाडौँ न्यूरो तथा जनरल अस्पतालका चिकित्सकहरुले विरोध जनाएका छन् । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले उक्त घटनाको हातमा कालोपट्टि बाँधेर विरोध जनाएका हुन्।
यस्तो महामारीमा पनि सेवामा खटिएका चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए । नेपाल मेडिकल कलेजमा जेठ १४ गते उपचार गराउन ल्याएका एक बिरामीको ज्यान गएको थियो । उक्त घटनामा चिकित्सक दोषी भएको भन्दै बिरामीका आफन्तले हातपात गरेका थिए । उक्त घटनाको विरुद्ध काठमाडौँ न्यूरो तथा जनरल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ‘चिकित्सकमाथि आक्रमण गर्नेलाई धरौटी विना जेल’, ‘दण्डहीनताको अन्त्य गर’, ‘स्वास्थ्यकर्मीमाथि हुने आक्रमणविरुद्ध ऐन ल्याऊ’लगायत लेखिएको प्लेकार्ड बोकेका थिए ।
मेडिकल अफिसर इन्चार्ज डा सुनिल भण्डारीको नेतृत्वमा अस्पतालका चिकित्सकहरुले करिब एक घण्टा अस्पताल परिसरमा रहेर बिरोध गर्दै दुर्व्यवहार गर्ने माथि कारबाही माग गरे।
कोरोना महामारीबीच आफनो ज्यान जोखिममा राखेर सेवामा खटिएका चिकित्सकमाथि दुर्व्यवहार हुनु निन्दनीय भएको कन्सल्टेन्ट फिजिसियन डा प्रतिक पौडेलको भनाई छ । यसअघि पनि धेरैपटक चिकित्सकहरुमाथि हातपात तथा दुर्व्यवहार हुँदै आए पनि सरकारले दोषीलाई कारबाही नगर्दा चिकित्सकमाथि आक्रमण तथा दुव्यर्वहार हुन नरोकिएको अस्पतालका प्रबन्ध निर्देशक डा लुज़ा मानन्धरले जिकीर गरे ।
उक्त बिरोध सभालाई सम्बोधन गर्दै अस्पताल व्यवस्थापक उमेश खत्रीले स्वास्थ्यकर्मीहरुप्रति सकारात्मक व्यवहार गर्न सकेमा मात्र स्वास्थ्यकर्मीले सेवा दिन सक्ने बताए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित