रौतहटमा पनि कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण
हेल्थ टिभी अनलाइन\काठमाडौं: रौतहटको राजपुर नगरपालिका वडा नं ९ स्थित बैरिया क्वारेन्टाइनमा रहेकाहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा उनी घाइते भएका छन्।
क्वारेन्टाइनमा रहेका व्यक्तिहरुले आक्रमण गर्दा स्वास्थ्यकर्मी खुर्शद आलम घाइते भएका हुन्। क्वारेन्टाइनमा रहेका केही व्यक्तिहरुले आफनो आरडीटी परीक्षण पोजेटिभ आएपछि घर जान नपाएको भन्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बताइएको छ ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेका मध्ये १८४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । आज घर पठाउनुअघि आरडीटी परीक्षण गर्दा केही व्यक्तिमा पोजेटिभ देखिएकाले उनीहरुलाई केही दिन बस्नपर्ने भन्दा एक्कासी आक्रमण गरेको आलमको भनाई छ ।
उनीहरुको आक्रमणबाट आलमको टाउको चोट लागेको छ। उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उनीसँगै रहेका अर्को स्वास्थ्यकर्मीलाई पनि चोट लागेको छ । यसअघि पनि कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि डोटी र काठमाडौंमै पनि आक्रमण भएको थियो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित