नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
मृत्यु हुने संक्रमित त्रिवि शिक्षण अस्पतालको आइसीयूमा थिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दोलखाका ७६ वर्षीय एक जना पुरुषको कोरोनाको कारण मृत्यु भएको पुष्टि गरेका हुन्। जेठ १३ गते उनको हेमोरेजिक स्ट्रोक भएर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा शल्यक्रिया गरिएको थियो। जेठ १५ गते कोरोना पोजेटिभ देखिएपछि थप उपचारका लगि त्रिवि शिक्षण अस्पताल महाराजगंजको आइसीयूमा राखिएको मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार उनको आज दिउँसो मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम