कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भए बैतडीका युवक
हेल्थ टिभी अनलाइन\डडेल्धुरा: बैतडीका कोरोना संक्रमित युवकले कोरोना जितेर आज अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रहरी हिरासतमै रहेका बेला कोरोना संक्रमण पुष्टि भएका बैतडी शिबनाथ गाउँपालिका–२ का २२ वर्षीय युवक आज कोरोना मुक्त भएर घर फर्केका छन्। जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएर जिल्ला अस्पताल बैतडीमा भर्ना भएका उनले १३ दिनमा कोरोना जितेका हुन्। जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्त राज जोशीले उनी कोरोना मुक्त भएकाले अस्पतालबाट डिस्चार्ज गरेको बताए ।
दुई पटक सम्म गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो । वैशाख १३ गते शिवनाथ गाउँपालिकाकी किशोरी मृत्यु प्रकरणमा ती युवक वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका थिए। प्रहरी हिरासतमै उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टी भएको थियो।
योसँगै सुदूरपश्चिममा कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७ पुगेको छ





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम