१ लाख ४५ हजार भन्दा बढी क्वारेन्टाइनमा, २४ घण्टामा जम्मा ३ हजार ४ सय ४० परीक्षण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो समय नेपालमा क्वारेन्टाइनमा बस्नेको संख्या ह्वात्तै बढेको छ ।
सरकारले मंगलबारसम्म कोरोनाको आशंकामा देशभरका क्वारेन्टाइनमा १ लाख ४५ हजार ३७५ जना रहेको जनाएको छ । तर क्वारेन्टाइनमा बस्नेको संख्या बढे पनि त्यही अनुपातमा परीक्षण भने हुन सकेको छैन्। गत २४ घण्टामा जम्मा ३ हजार ४ सय ४० जनाको मात्र पीसीआर परीक्षण गरिएको छ । यसैगरी २ हजार ५ सय ८८ जनाको मात्र आरडीटी मार्फत परीक्षण गरेको छ । जसका कारण हजारौं व्यक्तिको परीक्षण होल्डमा रहेको छ । कतिपयले स्वाब संकलन गरेको एक सातासम्म पनि रिपोर्ट नआएको भन्दै गुनासो गर्न थालेका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भारतबाट नेपालीहरु आउने क्रम बढेकाले क्वारेन्टाइनमा रहनेको संख्या बढेको भन्दै पीसीआर मेशिन सीमित स्थानमा मात्र हुँदा धेरै परीक्षण एकैपटक गर्न नसकिएको बताए । उनले भने, ‘हामीले सक्दो प्रयास गरिरहेका छौं तर जुन अनुपातमा परीक्षण हुनुपर्ने हो सो विभिन्न प्राविधिक कारणले हुन सकेको छैन्।’ हाल देशभरका २१ स्थानबाट पीसीआर परीक्षण शुरु गरिएको भए पनि कतिपय स्थानमा मेशिन बिग्रिएका कारण परीक्षण हुन सकेको छैन्।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिमार्फत ७५ हजार ३४३ जनाको परीक्षण गरिएको छ भने आरडीटी विधिमार्फत १ लाख १६ हजार ३४५ जनाको कोरोना परीक्षण गरिएको छ । हाल विभिन्न अस्पतालका आइसोलेसन वार्डमा उपचाररत संक्रमितहरुको संख्या १ हजार ८ सय २५ रहेको छ । आज मात्रै विभिन्न जिल्लामा गरी २८८ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमण हालसम्म ६१ जिल्लामा फैलिएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित