‘नेपालमा कोरोनासँगै डेंगुको जोखिम बढ्यो’
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना महामारीसँगै नेपालमा डेंगुको जोखिम पनि बढिरहेको भन्दै सरकारले यसमा सबैजना चनाखो हुनुपर्ने बताएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले अहिले कोरोनासँगै डेंगु पनि देखिएको भन्दै यसबाट हुने क्षतिलाई मध्यनजर गर्दै अघि बढ्नुपर्ने बताएका हुन्।
सोमबार स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङमा डा पाण्डेले वैशाखदेखि मंसीरसम्म हरेक वर्ष डेंगुको प्रकोप बढ्ने भन्दै अहिलेको अवस्थामा बढी जोखिम हुने बताए । उनले भने, ‘कोरोना महामारीमा मात्र ध्यान दिंदा डेंगुको प्रकोप अर्को संकट हुनसक्छ त्यसैले अहिले नै हामीले यसका लागि पहल गर्नुपर्नेछ ।’ उनले त्केही क्वारेन्टाइनमा बसेका व्यक्तिमा डेंगु र मलेरिया समेत देखिएको भन्दै यसका लागि देशभरका क्वारेन्टाइनलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । उनका अनुसार पुष यता नेपालमा २६ जिल्लामा ८२ जनामा डेंगु देखा परिसकेको छ ।
एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट हुने डेंगु पनि भाइरसका कारण हुने र कोरोना जस्तै यसको पनि कुनै औषधि वा खोप नभएकाले यसलाई कम आँक्न नहुने डा पाण्डेको भनाई छ । डेंगुको मुख्य लक्षण भनेको उच्च ज्वरो आउनु, मांसपेशी दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, शरीमा विमिरा आउनु, वाकवाकी लाग्नु, आन्तरिक रक्तश्रवा हुनु हुन्। यसको कुनै औषधि नभएकाले लक्षण अनुसार त्यसलाई कम गर्न उपचार गर्ने गरिन्छ।
उनका अनुसार सन् २००४ मा नेपालमा पहिलोपटक देखिएको डेंगुले गत वर्ष महामारीको रुप लिएको थियो । गत वर्ष १६ हजार भन्दा बढीमा डेंगु देखिएको थियो भने यसको कारण ६ जनाले ज्यान गुमाएका थिए । यस वर्ष पनि ८२ जनामा डेंगु देखा परिसकेको छ ।
यसको टोकाईबाट बच्नु नै यो रोगबाट बच्नु हो, उनले भने । त्यसैले अहिलेका यो समयमा सबैले लामखुट्टेको टोकाईबाट बच्न झूल प्रयोग गर्ने, घर वरपर पानी जम्न नदिने जस्ता कार्य गर्नुपर्नेमा उनले जोड दिए ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम