पर्वत र स्याङ्जामा थप १० जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं: गण्डकी प्रदेशमा मंगलबार बिहान थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै थप स्याङ्जा र पर्वतका १० जनामा कोरोना संक्रमण भएको जनाएको हो । निर्देशनालयका अनुसार स्याङ्जा- चापाकोट नगरपालिकाका वर्ष २२, २६, ३२ र ४० का ४ जना पुरुष र सोही जिल्ला बिरुवा गाउँपालिकाका २० वर्षका १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यसैगरी पर्बत जिल्ला, फलेबास नगरपालिकाका वर्ष २० र ४० का २ जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिका ठेगाना भई कुस्मा नगरपालिकास्थित क्वारेन्टाइनमा बस्दै आएका वर्ष १९, २० र २१ का ३ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार सबै संक्रमितलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भैरहेको छ ।
योसँगै गण्डकी प्रदेशमा अब कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित