थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ सय ११ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा फेरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवा ४ बजे २२६ जनामा कोरोना पुष्टि गरेको दुई घण्टामा फेरी विज्ञप्ति जारी गर्दै थप १३ जनामा कोरोना देखिएको जनाएको छ ।
मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका निस्दी गाउँपालिकाका २ जना, नवलपरासीका ६ वर्षीय बालक, गुल्मी रेसुंगाका १ जना, कपिलवस्तु मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देही गैडहवाका २ जना गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम