डडेल्धुराका युवकले जिते कोरोना, आज डिस्चार्ज हुँदै
हेल्थ टिभी अनलाइन\डडेल्धुरा : डडेल्धुराका कोरोना संक्रमित युवकले कोरोनालाई जितेर आज अस्पतालबाट डिस्चार्ज हुँदै छन्। परशुराम नगरपालिका- १० का २८ वर्षीय युवकले कोरोना जितेका हुन्।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई पटक रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको हो।
ती युवकको दुई पटक कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए।
सरकारी कर्मचारीसमेत रहेका ती युवकमा गत जेठ ९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो। डडेल्धुरा अस्पतालको आइसोलेसनमा उपचाररत युवकले १० दिनमै कोरोना जितेका हुन्।
योसँगै सुदूरपश्चिममा कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ६ पुगेको छ। यसअघि यहाँका पाँच जनाले कोरोना जितेर घर फर्किसकेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम