Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्व धूम्रपानरहित दिवसमा सरोकारवालाबीच छलफल, धूम्रपान विरुद्धको अभियानमा सबैको प्रतिवद्धता

विश्व धूम्रपानरहित दिवसमा सरोकारवालाबीच छलफल, धूम्रपान विरुद्धको अभियानमा सबैको प्रतिवद्धता

हेल्थ टिभी अनलाइन\काठमाडौं : कोभिड-१९ नसर्ने रोग र धूम्रपान तथा क्षयरोग नियन्त्रणमा संघीय तथा प्रदेश सरकारलाई कसरी जवाफदेही बनाउने भन्ने विषयमा आइतबार उच्चस्तरीय छलफल भएको छ ।

कोरोना महामारीका कारण जारी लकडाउनले गर्दा वेविनार मार्फत भएको अन्तरक्रिया कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री  खगराज अधिकारी, प्रदेश नं १ का समाािजक विकास मन्त्री जीवन घिमिरे, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा अनुज भट्टचन, दि युनियनका क्षेत्रीय निर्देशक डा तारासिंह बम, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा जोस भ्यान्डिलियर, ग्लोबल टिवी ककसका तुसार नायर, द युनियनको क्षयरोग विभाग प्रमुख डा ग्रानिया ब्रिगेडियन, एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द, स्वास्थ्य पत्रकार मञ्चका महासचिव रामप्रसाद न्यौपाने लगायतले कोभिड-१९, नसर्ने रोग र धूम्रपान तथा क्षयरोग नियन्त्रणको विषयमा आ आफ्ना धारणा प्रस्तुत गरेका थिए

भरतपुर महानगरपालिका उक्त छलफलको मुख्य आयोजक रहेको थियो । कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री अधिकारीले धूमपान तथा सुर्तीजन्य  पदार्थका कारण क्यान्सर, मुटु, मिगौला जस्ता नसर्ने रोग बढ्दै गएको भन्दै यसलाई कम गर्न सबैजना लाग्नुपर्ने बताए । उनले नेपालको सुर्तीजन्य पदार्थ सम्बन्धी उत्कृष्ट कानून भए पनि कार्यान्वयनमा चुकेको भन्दै यसलाई पूर्ण कार्यन्वर्यन गर्नतर्फ सबै लाग्नपर्ने बताए । आफूले यसका लागि प्रयास गरिरहेको समेत बताए । उनले बार्षिक २७ हजार बढीको ज्यान लैजाने सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सरकारले यो बेला कानूनको पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले महानगरले सुर्तीजन्य पदार्थ नियन्त्रण र पछिल्लो समय कोभिड- १९ को उपचार रोकथाम र परीक्षणका लागि गरेका कार्यहरुको बारेमा जानकारी दिएकी थिइन्। महानगर भित्र सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि जनचेतना मुलक कार्यक्रम गर्ने देखि महानगरभर नै सुर्तीजन्य पदार्थ निषेध गर्ने सम्मका योजना थालिएका प्रयासका बारेमा चर्चा गरिन । उनले भरतपुरलाई ‘स्मोक फ्री सिटी’ बनाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता पनि जाहेर गरिन्।

प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो प्रदेशले सुर्तीजन्य पदार्थ नियन्त्रणमा गरेका प्रयासहरुको चर्चा गरेका थिए । उनले पछिललो समय युवा पुस्तामा यसको लत बसेको भन्दै आफूले आफनो प्रदेशमा यसको विरुद्ध अभियान चलाएको बताए । उनले प्रदेश १ लाई सुर्तीजन्य पदार्थमुक्त प्रदेश बनाउने अभियानमा लागेको र लागिरहने प्रतिवद्धता जाहेर गरे ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी नेपालको कानून उत्कृट रहेको भन्दै यसको कार्यान्वयनमा केही समस्या भएको बताउँदै यसको कार्यान्वयनमा सबैको साथ चाहिएको बताए । उनले सरकारले कोभिड -१९ को महामारीका बेला सरकारले दीर्घ रोगाीलाई कसरी स्वास्थ्य सेवा प्रदान गरिरहेको छ भन्ने जानकारी गराएका थिए ।

यसैगरी दि युनियन एसिया प्यासेफिक क्षेत्रका क्षेत्रीय निर्देशक डा तारासिंह बमले नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा चालेका केही प्रयासहरु राम्रा भएपनि धेरै काम गर्न बाँकी रहेको बताए । उनले वर्षेनी २७ हजार बढी नेपालीको ज्यान लिने सुर्ती उत्पादकलाई रातो कार्पेट बिच्छाएर स्वागत गर्ने काम रोक्नुपर्ने बताए ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा जोसले सुर्तीजन्य पदार्थको सेवन गर्नेमा कोभिड- १९को संक्रमण हुने जोखिम बढी हुनसक्ने भन्दै यस्ता पदार्थको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने बताए ।

कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द र स्वास्थ्य पत्रकार मञ्च नेपालका महासचिव रामप्रसाद न्यौपाने लगायतले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सरकारले बनाएको कानून र कार्यान्वयनको बारेमा चर्चा गरेका थिए  उक्त उच्चस्तरीय छलफल कार्यक्रमको सहजीकरण स्वास्थ्य पत्रकार मञ्चकी अध्यक्ष कल्पना आचार्यले गरेकी थिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि