नेपालमा थप १६६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ सय ६७ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी आइतबार १६६ जना संक्रमित थपिएका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या पन्ध्र सय ६७ पुगेको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १९ हजार १ सय ९२ रहेको छ । यसैगरी संक्रमित भएर विभिन्न अस्पतालमा उपचार गरिरहेकाको संख्या आइतबारसम्म १ हजार ३ सय ४९ रहेको छ । मन्त्रालयका अनुसार कोरोना जितेर घर फर्किनेको संख्या २२० पुगेको छ ।
यसैगरी नेपालमा हालसम्म ८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। आज बाजुराकी २ वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने