बाजुराकी २ वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाजुरा जिल्ला अस्पतालमा मृत्यु भएकी २ वर्षीया बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती बालिकामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ। बुढीगंगा- १ की ती बालिकाको आइतबार बिहान जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा मृत्यु भएको थियो ।
उनको मृत्यु पश्चात बाबुआमा सहित उनको परीक्षण गरिएको थियो । बालिकाकी आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनीहरुको परिवार एक साताअघि भारतबाट आएको बताइएको छ ।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित