Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डोटीमा सुत्केरी महिलाको मृत्यु, कोरोना परीक्षण हुँदै

डोटीमा सुत्केरी महिलाको मृत्यु, कोरोना परीक्षण हुँदै

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा:  डोटीमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुजङ अस्पताल राजपुर डोटीमा शुक्रबार शल्यक्रिया मार्फत शिशु जन्माएकी केआईसिह गाउँपालिका–४ की ३५ वर्षीया सुत्केरी महिला नारु कार्कीको गएराती मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले सुत्केरीको मृत्यु भएको पुष्टि गरेका छन्। अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि कार्कीको मृत्यु भएको मलासीले बताए । शिशुको अवस्था भने सामान्य रहेको छ ।

कार्कीको ज्वरो र श्वासप्रश्वासको समस्याले मृत्यु भएपछि कोरोना परीक्षण गरिने भएको छ । उनको कोरोना परीक्षण गर्ने तयारी भईरहेको जानकारी स्वास्थ्य कार्यालय प्रमुख मलासीले दिए । उनको आजै थ्रोट स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि धनगढी पठाइने पनि मलासीले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार