Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोना संक्रमणका कारण सातौं व्यक्तिको मृत्यु

नेपालमा कोरोना संक्रमणका कारण सातौं व्यक्तिको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  नेपालमा कोरोना संक्रमणका कारण सातौं व्यक्तिको मृत्यु भएको छ ।

दैलेखको दुल्लु नगरपालिका वडा नं ११ का ३५ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । उनको त्यहाँ स्थित क्वारेन्टाइनमा आज बिहान मृत्यु भएको हो ।

मृत्यु पश्चात उनको पीसीआर परीक्षण गरिएको थियो । परीक्षणमा पोजेटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार