धुम्रपानरहित दिवसमा डा. प्रज्वलको सल्लाह: धुम्रपान त्यागौँ, स्वस्थ जीवन रोजौँ
डा. प्रज्वल श्रेष्ठ
आज मे ३१ अर्थात विश्व धुम्रपानरहित दिवस । विश्वभरी यो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मनाउने गरिन्छ । नेपालको कुरा गर्दा नेपालमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनको गर्नेको संख्या बढ्दो छ । विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा ८० लाख मानिसको अकालमा ज्यान जाने गरेको तथ्यांक छ ।
नेपालको कुरा गर्ने हो भने सन् २०१८ को तथ्यांक अनुसार २३ दशमलब १ प्रतिशत मानिसले धुमपान गर्ने गरेको तथ्य छ । यो भनेको हरेक ५ जनामा १ जनाले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको पाइएको छ । तर पुरुषको हकमा यो तथ्यांक अझै बढी रहेको छ । पुरुषहरुमा ३७ दशमलब १ प्रतिशतले यसको सेवन गर्ने गरेको पाइन्छ । यो भनेको १० जनामा ४ जना पुरुषले धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको पाइन्छ । महिलाको हकमा १० मध्ये १ जना महिलाले धुम्रपानको सेवन गरेको पाइन्छ । यो संख्या सार्क मुलुकमा बंगलादेशपछि नेपाल छ ।
विश्वभरी मृत्युको पहिलो तीन कारण ह्रदयघात, दीर्घकालिन श्वासप्रश्वास सम्बन्धी रोग (सीओपीडी) र मष्तिष्कघात पर्छन्। तर नियालेर हेर्ने हो भने यी तीन कुराको प्रमुख कारक भनेको धुम्रपान तथा सुर्तीजन्य पदार्थ नै हो । त्यसैले सुर्तीजन्य पदार्थको सेवनलाई घटाउन विभिन्न संस्थाले काम गरिरहेका छन्। हामी चिकित्सकहरुले पनि प्रत्येक बिरामीलाई यी कुरा सम्झाउने गछौं ।
यसपटक धुम्रपानरहित दिवस कोरोना महामारीका कारण केही फरक ढंगबाट मनाइँदैछ्। कोरोना महामारीका कारण देशभर लकडाउन छ । यो लकडाउनका कारण सबै परिवारसँग बसेका छन्। त्यसैले पनि यो समयमा सुर्तीजन्य पदार्थको सेवन केही कम भएको होला भन्ने हाम्रो आकलन हो । युवा पुस्ताको कुरा गर्दा उनीहरु प्राय परिवारबाट लुकेर यसको सेवन गर्ने गरेको पाइन्छ । परिवारमा बस्दा पूरै नछोडेको भए पनि यसको सेवन कम भएको छ की भन्ने अनुमान लगाउन सकिन्छ ।
यो दिवसमा मेरो एउटा आग्रह परिवारसँग बस्नुभएका हरेकले यसलाई सुर्तीजन्य पदार्थ सेवन गर्नुहुन्छ भने यसलाई छोड्ने एउटा सुनौलो अवसरका रुपमा लिन आग्रह गर्दछु । किनकी यसको सेवन कम गर्न सकिन्छ भने प्रयास गर्दा अवस्य छोड्न सकिन्छ । यो तपाइँ र तपाइँको परिवारलाई ठुलो उपलब्धि हुनसक्छ । यो बेला लकडाउनमा छौां घरपरिवारसँग समय बिताऔँं । व्ययायाम, शारीरिक अभ्यास गरौं । गित संगीतसुनौं । यसरी आफूलाई व्यस्त राखेर यसको तलतल मेटाउने प्रयास गर्न सक्छौं । सुर्तीजन्य पदार्थको सेवन छोड्नका लागि कहिल्यै ढिला हुँदैन । त्यसेले आज दिवसको दिनमा सबैलाई आग्रह छ यदि यसको सेवन गर्नुहुन्छ भने परिवारका लागि यसको सेवन छोड्नुस ।
अर्को कुरा कोरोना महामारीले विश्व नै आक्रान्त बनेको छ । विभिन्न अध्ययनले देखाइसकेका छन् की सुर्तीजन्य पदार्थ सेवन गर्नेमा संक्रमण देखियो भने यसको जटिलता उच्च हुन्छ भन्ने । सुर्तीजन्य पदार्थको सेवन गर्नेमा मृत्युदर पनि बढी रहेको छ । त्यसैले सुर्तीजन्य पदार्थले हाम्रो शरीरको कुनै पनि यस्तो अंग छैन जसले असर नपुर्याओस्। यस्तो खराब चिजको सेवन हामी सबैले त्याग गर्नैपर्छ । कोरोना मात्र हैन अन्य रोगलाई सजिलै जित्न सकिन्छ ।
छाती रोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठ वीर अस्पतालमा कार्यरत छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम