२४ घण्टामा २ हजार ५ सय ७५ जनाको कोरोना परीक्षण, १ लाख १० हजार क्वारेन्टाइनमा
हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ७५ जनाको पीसीआर विधिमार्फत र १ हजार ५ सय ७७ जनाको आरडीटी विधिमार्फत नमूना परीक्षण गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालमा हालसम्म कूल ६६ हजार ७ सय २९ जनाको पीसीआर विधिमार्फत र १ लाख ७ हजार ५६ जनाको आरडीटी माध्यमबाट कोरोना परीक्षण गरिएको छ ।
शनिबार सम्म कुल संक्रमितको संख्या १४ सय १ पुगेको छ । संक्रमित मध्ये १ हजार २ सय ८८ जना पुरुष र १ सय १३ जना महिला रहेका छन्। यी मध्ये १ हजार १ सय ७६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २१९ जना उपचारपछि निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण हालसम्म ५३ जिल्लामा फैलिएको छ । देशभर हाल १ लाख १० हजार ७८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?