थप १८९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या चौध सय १ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी शनिबार १८९ जना संक्रमित थपिएका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या चौध सय १ पुगेको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ७८ रहेको छ । यसैगरी संक्रमित भएर विभिन्न अस्पतालमा उपचार गरिरहेकाको संख्या शनिबारसम्म १ हजार १ सय ७६ रहेको छ । मन्त्रालयका अनुसार कोरोना जितेर घर फर्किनेको संख्या २१९ पुगेको छ । यसैगरी नेपालमा हालसम्म ६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम