आरडीटी टेस्टमा पोजेटिभ देखिएपछि सेती अस्पतालमा दुई जना भर्ना, पीसीआर परीक्षण हुँदै
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: र्यापिड टेस्टमा पोजेटिभ देखिएपछि शनिबार सेती प्रादेशिक अस्पतालमा दुई जना भर्ना भएका छन्।
जेठ १३ गते भारतको दिल्लीबाट फर्किएका धनगढी उप–महानगरपालिका वडा नम्वर २ सन्तोषीटोलका ५६ बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर ४ का २१ बर्षीय युवकमा आरडीटी पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।
उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी पठाईएको छ। अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा ६ जना संक्रमित र तीन जना शंकास्पद बिरामीलाई राखिएको छ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा