कोरोना उपचारमा पोषणविदलाई समावेश गर्न विद्यार्थी समाजको माग
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सन्तुलित भोजन र उचित पोषणमार्फत रोग प्रतिरोधात्मक क्षमता बढाएर मात्रै कोरोनामाथि जित हासिल गर्न सकिने भन्दै कोरोनाको उपचारमा पोषणबिदलाई समावेश गराउन नेपाल पोषण तथा आहार बिज्ञान विद्यार्थी समाजले माग गरेको छ ।
बिहीवार प्रेस बिज्ञप्ति जारी गर्दै समाजले कोरोना उपचारमा हालसम्म औषधि तथा खोप तयार नभएको र रोगसँग लड्न पौष्टिक तत्वको मुख्य भुमिका रहने बताएको छ ।
उच्च जोखिममा हुने भन्दै क्वारेन्टाइन र आईसोलेसनका रहेका मानिसमा उचित पोषण नपुग्दा कोरोना लाग्ने खतरा झन बढेको र उपचाररत बिरामीलाई पनि रोगअनुरुपको डाइट प्लान गरेर छिटो निको पार्न सकिने पोषणविदलाई तत्काल परिचालन गर्नुपर्ने बिज्ञप्तिमा उल्लेख छ ।
लकडाउनका कारण गर्भवती महिला , शिशु, स्तनपान गराईरहेकी आमा, बालबालिका, किशोरीहरुमा आवश्यक पोषण पुग्न नसकेका कारण आगामी दिनमा कुपोषणको समस्या झन बिकराल बन्ने कुरामा ध्यान दिन पनि विज्ञप्तिमा जोड दिएको छ ।
विज्ञप्तिमा स्वास्थ्य नियमावली, २०५५ मा पाचौं देखी दसौं तहसम्मका पोषणबिद तथा डाइटिसियन ब्यवस्था भए पनि केन्द्रदेखी प्रदेशसम्म कहिकतै कार्यान्वयनमा नआएका कारण ३०० बढी दक्ष जनशक्ति बेरोजगार बस्नुपरेको हो । उल्लेख छ । कोरोना उपचारमा ठुलो योगदान दिन सक्ने जनशक्तिलाई सामेल गराउन ढिलाई गर्न नहुने विज्ञप्तिमा उल्लेख छ । यसका साथै कोरोना पछि देखिने कुपोषणको समस्या समाधान गर्न पोषणविदको दरबन्दी खोलेर उनीहरुलाई प्रत्यक्ष सामेल गराउनुपर्ने माग उनीहरुको छ ।
उक्त पोषण तथा आहार बिषय नेपाल सरकारको निर्देशन तथा राष्ट्रिय योजना आयोगको अध्ययन प्रतिवेदनअनुरुप त्रिभुवन बिश्वबिद्यालय अन्तर्गत केन्द्रिय प्रविधि क्याम्पस धरानमा २०६७\६८ देखी निरन्तर अध्यापन हुदै आईरहेको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा