एकैदिन १७० जनामा कोरोना संक्रमण, एक लाख क्वारेन्टाइनमा
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा एकैदिन थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न जिल्ला गरी आज थप १७० जनामा कोरोना संक्रमण देखिएको बताएका हुन्। १७० मध्ये १६५ जना पुरुष र ५जना महिला रहेका छन्।
योसँगै नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । यसैगरी कोरोनाको उपचारपछि निको भएर घर जानेको संख्या २०६ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ६ जनाले ज्यान गुमाएका छन्।
मन्त्रालयका अनुसार कोरोनाको आशंकामा आज क्वारेन्टाइनमा रहनेहरुको संख्या ९९ हजार ३३६ रहेको छ । पछिल्लो समय भारतबाट फर्किनेहरुको संख्या बढेसँगै देशभर क्वारेन्टिनमा बस्नेहरुको संख्या ह्वात्तै बढेको हो । कोरोना संक्रमण भएर अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका संक्रमितको संख्या १ हजार रहेको मन्त्रालयले जनाएको छ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै