दाङमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर घर फर्किए
हेल्थ टिभी अनलाइन\काठमाडौं : दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आज आठ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
कोरोना विशेष अस्पतालमा जेठ २ गते भर्ना भएका उनीहरुलाई दुईपटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको कोरोना विशेष अस्पतालले जनाएको छ ।
घर फर्कनेमा कपिलवस्तुका चार, बाँकेका तीन र दाङ, गढवाका एक जना रहेका छन् । कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका ४५ मध्ये आठ जना निको भएपछि ३७ कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालमा रुकुमपूर्व रुपन्देही, कपिलवस्तु , बाँके ,दाङ र बर्दियाका छन् ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स