Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्वभर कोरोना संक्रमितको संख्या ५९ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या ५९ लाख नाघ्यो

हेल्थ टिभी अनलाइन : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ लाख ९ हजार नाघेको छ ।

कोरोना संक्रमणबाट ३ लाख ६२ हजार भन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ । अमेरिकामा मात्रै १ लाख ३ हजार बढीको ज्यान गएको छ । यसैगरी १७ लाख ६८ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिका पछि संक्रमितको संख्या ब्राजिलमा बढी रहेको छ । त्यहाँ संक्रमितको संख्या ४ लाख १४ हजार नाघेको छ भने २५ हजार ७ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यसैगरी रुसमा संक्रमितको संख्या तीन लाख ७० हजार नाघेको छ भने तीन हजार ९ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । भारतमा एशियाकै सर्वाधिक संख्यामा कोरोना संक्रमित भेटिएका छन् । भारतमा संक्रमितको संख्या एक लाख ६० हजार नाघेको छ भने ४ हजार ७ सय बढीले जनाले ज्यान गुमाएका छन् ।

बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ । संक्रमणबाट हालसम्म बेलायतमा ३७ हजार ४ सय, इटलीमा ३३ हजार, स्पेनमा २७ हजार १ सय र फ्रान्समा २८ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर २५ लाख ८१ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार