Health TV Online
Health TV Online
Health TV Online

सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा थप तीन जना कोरोना संक्रमित थपिएका छन्।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्।  प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठकमा कोरोना भाइरसको नियन्त्रणका लागि प्रदेश सरकारले गरेको गतिविधिको बारेमा जानकारी गराउँदै मन्त्री सुवेदीले बुधबार थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।

नयाँ थपिएका संक्रमितमध्ये दुई जनाको टीकापुर र एक जनाको दार्चुला अस्पतालमा उपचार भइरहेको मन्त्री सुवेदीले जानकारी दिए। बुधबार तीनजना थपिएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २० पुगेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार