भारतमा २४ घण्टामा ६ हजार ५६६ नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : भारतमा गत २४ घण्टामा मात्रै ६ हजार ५६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यसैगरी एकैदिनमा १९४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार बिहानसम्म १ लाख ५८ हजार ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ४ हजार ५ सय ३१ जनाले ज्यान गुमाएका छन्। यसैगरी ६७ हजार ६९२ जनाले कोरोना जितेर उपचारपछि घर फर्केका छन्।
भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ । महाराष्ट्रमा मात्रै ५६ हजार ९४८ जना संक्रमित पुष्टि भएका छन्। साथै १ हजार ८ सय ९७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित