किस्ट अस्पतालमा मृत्यु भएका संक्रमित लिभर सिरोसिस भएका बिरामी
हेल्थ टिभी अनलाइन\ काठमाडौं : ललितपुर बुङमतीका ५७ वर्षीय एक जना व्यक्तिको बुधबार साँझ किस्ट अस्पतालमा मृत्यु भएको छ । लिभर सिरोसिसका बिरामी उनलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा कोरोना देखिएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले उनी लिभर सिरोसिस भइसकेका बिरामी भएको र बेहास भएपछि पाटन हुँदै किस्ट अस्पताल लगिएको बताए । ज्वरो समेत आएकाले उनको जाँच गर्दा कोरोना देखिएको डा पाण्डेको भनाई छ ।
उनले भने, ‘उहाँको कलेजोको पुरानै रोग रहेछ त्यसमा कोरोना संक्रमण पनि थपियो । सक्रमण कसरी र कोबाट भयो भन्ने विषयमा हामी खोजी गर्दैछौं ।’ उनको शवलाई कसरी व्यवस्थापन गर्ने र उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्यका लागि किस्ट अस्पतालमा अहिले मिटिङ भइरहेको उनले जानकारी दिए । यस विषयमा स्वास्थ्य मन्त्रालयले केहीबेरमा विज्ञप्ति निकाल्ने तयारी गरेको पनि उनले जानकारी दिए । उनीसँगै नेपालमा कोरोना संक्रमणका कारण ५ जनाले ज्यान गुमाएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित