कोरोना संक्रमणका कारण बुङमती ललितपुरमा एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण नेपालमा अर्का एक जना व्यक्तिको पनि मृत्यु भएको छ ।
कोरोनाका संक्रमणका कारण बुङमती ललितपुरमा १ जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
ललितपुर महानगरपालिका बुङमती -२२ का ५७ वर्षीय पुरुषको ललितपुरको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए । तीनदिनअघि कलेजो सम्बन्धी समस्या लिएर अस्पताल पुगेका उनको आज साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । उनको अवस्था बिग्रदै गएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ । आजै उनको मृत्यु भएको हो ।
यद्यपी यस विषयमा स्वास्थ्य मन्त्रालयले भने औपाचारिक जानकारी दिएको छैन्। यसअघि कोरोनाका कारण ४ जनाले ज्यान गुमाइसकेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित