सेती अस्पतालको आईसोलेसनमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: बुधबार बिहान सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ७ का ५५ बर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । भारतबाट आएका उनको आज बिहान ६ बजे आईसोलेसनमा मृत्यु भएको थियो।
उनी हिजोमात्रै भारतबाट फर्किएपछि बिरामी भएर आईसोलेसनमा भर्ना भएका थिए। भारतबाट फर्किदा गौरीफन्टा नाकामा बेहोस भएका उनलाई आईसोलेसनमा राखेर उपचार शुरु गरिएको थियो । उनको मृत्युपछि स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल