भेरी अस्पतालको विकास समिति अध्यक्षमा धिताल नियुक्त
हेल्थ टिभी अनलाइन\काठमाडौं : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको अध्यक्षमा प्रमोद कुमार धिताल नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट भेरी अस्पतालको अस्पताल विकास समिति अध्यक्षमा प्रमोद कुमार धिताललाई नियुक्त गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पताल विकास समिति गठन आदेश २०७६ को दफा ३ को उपदफा २ (क) बमोजिम धिताललाई ३ वर्षका लागि नियुक्त गरेका हुन्।
यसैगरी विकास समिति सदस्यहरुमा कृष्ण प्रसाद श्रेष्ठ, धनीराम ओली र सरस्वती मल्ल मनोनित भएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित