Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भेरी अस्पतालको विकास समिति अध्यक्षमा धिताल नियुक्त

भेरी अस्पतालको विकास समिति अध्यक्षमा धिताल नियुक्त

हेल्थ टिभी अनलाइन\काठमाडौं : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको अध्यक्षमा प्रमोद कुमार धिताल नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट भेरी अस्पतालको अस्पताल विकास समिति अध्यक्षमा प्रमोद कुमार धिताललाई नियुक्त गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पताल विकास समिति गठन आदेश २०७६ को दफा ३ को उपदफा २ (क) बमोजिम धिताललाई ३ वर्षका लागि नियुक्त गरेका हुन्।

यसैगरी विकास समिति सदस्यहरुमा कृष्ण प्रसाद श्रेष्ठ, धनीराम ओली र सरस्वती मल्ल मनोनित भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार