बाग्लुङका थप ६ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाग्लुङका थप ६ जनामा कोरोना संक्रमण देखिएकाे छ। भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनाका कोरोना भाइरस पुष्टि भएको हो । यद्यपि स्वास्थ्य मन्त्रालयले भने आधिकारिक विज्ञप्ति निकालेको छैन्।
बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले भने ६ जनामा कोरोना संक्रमण देखिएकाे पुष्टि गरेका छन् । उनीहरु बडिगाड र तमानखोलाका बासिन्दा रहेको र सबै जना भारतबाट आएको उनले बताएका छन् ।
संक्रमितहरूलाई बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा लगिंदै छ । भारतबाट आएका उनीहरु आउनेबित्तिकै सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसेका थिए।
यसअघि पनि बाग्लुङमै २ जनामा कोरोना संक्रमण भएको थियो । यतिबेला दुवै जना निको भएर घर फर्किसकेका छन्।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल