सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक जना व्यक्तिको मृत्यु भएको छ।
कैलाली गौरीगंगाका ५० वर्षीय पुरुषको अस्पतालको आइसोलेसनमै बुधबार बिहान मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताएका छन्। उनले भने, ‘भारतबाट मंगलबार मात्र आउनु भएको उहाँमा कोरोनाको आशंकामा हिजो साँझ अस्पतालमा भर्ना गरिएको थियो तर उपचारकै क्रममा उहाँको बिहान ६ बजेतिर मृत्यु भयो ।’ अस्पतालका अनुसार उनको के कारणले मृत्यु भएको भन्ने एकिन भएको छैन्।
कोरोना थियो की भन्ने आशंकामा स्वाब परीक्षण गर्न लागिएको अस्पतालले जनाएको छ । यसअघि नेपाल छिर्ने बेलामा आरडीटी परीक्षण गर्दा उनको नेगेटिभ रिपोर्ट आएको बताइएको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने