Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रीद्वारा सातै प्रदेशका सामाजिक विकासमन्त्रीसँग छलफल

स्वास्थ्य मन्त्रीद्वारा सातै प्रदेशका सामाजिक विकासमन्त्रीसँग छलफल

हेल्थ टिभी अनलाइन\काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सातै प्रदेशका सामाजिक विकासमन्त्रीसँग कोरोना रोकथाम र नियन्त्रणमा भैरहेको कामका विषयमा छलफल गरेका छन्। मन्त्री ढकालले मन्त्रालयबाटै सातै प्रदेशका मन्त्रीहरुसँग सँग वेभिनार (भिडियो कन्फ्रेन्स ) मार्फत छलफल गरेका हुन्।

छलफलमा मन्त्री ढकालसँगै मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रीका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्की, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र सहसचिव एवं मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सिस्टम कमान्डर डा गुणराज लोहनी सहभागी  थिए।

संक्रमितको संख्या बढ्दै गएपछि अब कोरोना रोकथाम र नियन्त्रणको काम अझ प्रभावकारी कसरी बनाउने भन्ने विषयमा स्वास्थ्यमन्त्री ढकालले प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँग छलफल गरेका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार