स्वास्थ्यकर्मीको ड्युटी आलोपालो मिलाउन मन्त्रालयको निर्देशन
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा स्वास्थ्यर्मीको ड्यूटी आलोपालो मिलाउन निर्देशन दिएको छ।
मन्त्रालयले मंगलबार सूचना जारी गर्दै कोरोना भाइरसको महामारीका बेला स्वास्थ्य सेवालाई चुस्तदुरुस्त बनाउन देशभरका अस्पताललाई स्वास्थ्यकर्मीलाई एकैपटक ड्युटीमा नराखी आलोपालो मिलाउन निर्देशन दिएको हो।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ , ‘कोभिड १९ रोकथाम तथा व्यवस्थापन गर्दा स्वास्थ्यकर्मी तथा सहयोगीहरु संक्रमित भई सेवा प्रवाहमा कठिनाई हुन सक्ने हुँदा सबै अस्पतालले उपलब्ध जनशक्तिलाई सुरक्षित र व्यवस्थित गर्न दुई समूह बनाई आलोपालो ड्युटी लगाई (एउटा टोली एक हप्ता एउटा टोली अर्को हप्ता) गरी सेवा निरन्तरताको सुनिश्चता गर्न अनुरोध छ।’
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स