Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं: सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै थप १२ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा वीरेन्द्रनगरका ८ जना , भेरीगंगाका २ जना र सिस्ताका २ गरी थप १२ जनामा कोरोना संक्रमण देखिएको हो । यी मध्ये एक महिला र ११ जना पुरुष रहेका छन्।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगको छ भने नेपालमा संक्रमितको संख्या ६९४ पुगेको छ । यसैगरी हालसम्म कोरोनाका कारण ४ जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार