त्रिवि शिक्षण अस्पतालबाट पनि कोरोना परीक्षण शुरु
हेल्थ टिभी अनलाइन\काठमाडौं: महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पनि पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्न शुरु गरिएको छ ।
सोमबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले पीसीआर परीक्षणको उदघाटन गरेका हुन्। अस्पतालमा नयाँ बनाइएको पीसीआर ल्याबमा दैनिक रुपमा एकपटकमा ९६ जनासम्मको कोरोना परीक्षण गर्न सकिने अस्पतालका निर्देशक डा प्रेम खड्गाले जानकारी दिए।
उनले आवश्यक परेमा दुई सिफ्टसम्म काम गर्न सकिने बताए । योसँगै नेपालमा अबदेखि २० स्थानबाट पीसीआर परीक्षण हुने भएको छ ।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !