थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६८२ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्ला गरी थप ७ जनामा कोरोना पोजेजिभ देखिएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार अछामका ३२ वर्षीय एक जना पुरुष, बर्दिया गुलरियाका ३ जना, पर्साका २ जना र काठमाडौं घर भई कलैयामा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसका साथै आज संंक्रमण पुष्टि भएका र जेठ ४ गते नै मृत्यु भएका बाराका एक वृद्ध समेत गरी थप ७ जनामा कोरोना देखिएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या ६८२ पुगेको छ । यसमध्ये महिला ८० जना र ६०२ जना पुरुष रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित