थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६८२ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्ला गरी थप ७ जनामा कोरोना पोजेजिभ देखिएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार अछामका ३२ वर्षीय एक जना पुरुष, बर्दिया गुलरियाका ३ जना, पर्साका २ जना र काठमाडौं घर भई कलैयामा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसका साथै आज संंक्रमण पुष्टि भएका र जेठ ४ गते नै मृत्यु भएका बाराका एक वृद्ध समेत गरी थप ७ जनामा कोरोना देखिएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या ६८२ पुगेको छ । यसमध्ये महिला ८० जना र ६०२ जना पुरुष रहेका छन्।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल