स्वस्ति श्री गुरुकुलद्धारा डाक्टरलाई ज्याकेट हस्तान्तरण
हेल्थ टिभी अनलाइन\ काठमाडौं: काठमाडौंस्थित सानोभर्याङ्गमा रहेको स्वस्ति श्री गुरुकुल स्कूलले डाक्टरका लागि पहिचानसहितको ज्याकेट हस्तान्तरण गरेको छ ।
नेपाल चिकित्सक संघमार्फत डाक्टरका लागि पहिचानसहितको सय थान ज्याकेट निःशुल्क हस्तान्तरण गरिएको हो । कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिने डाक्टरलाई आवतजावत र पहिचानमा सहज होस् भन्ने उद्देस्यका साथ ज्याकेट उपलब्ध गराइएको हो ।
सोमबार आयोजित एक कार्यक्रममा स्वस्ति श्री गुरुकुल स्कूलका समाजसेवी डा लुःज मानन्धरले संघका महासचिव डाक्टर बद्री रिजाललाई ज्याकेट हस्तान्तरण गरेका हुन्। ज्याकेट बुझ्दै महासचिव डा रिजालले अहिलेको विषम परिस्थितीमा ज्याकेटले डाक्टरहरुलाई अस्पताल आउजाउ गर्न र सबैले पहिचानमा सहज हुने बताए ।
कार्यक्रममा डा प्रदिप कोइराला, डा विकास केसी, अस्पताल व्यवस्थापक उमेश खत्री लगायत संघका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम