‘मृत्यु भएर अन्त्येष्टि गरेको ८ दिनपछि कोरोना पोजेटिभको रिपोर्ट’
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ।
८ दिन अघि मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए । उनी नेपालमा कोरोनाका कारण मृत्यु हुने चौथो व्यक्ति बनेका छन्।
यद्यपी उनको रिपोर्ट आउनु अघि नै संक्रमितको अन्तिर संस्कार गरिएको छ । वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारका लागि जेठ २ गते भर्ना गरेकोमा ४ गते मृत्यु भएपछि सोही दिन अन्त्येष्टि समेत गरिसकिएको वृद्धको आठ दिनपछि सोमबार पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । डा उपाध्यायले कोरोना शंका गरेर स्वाब संकलन गरिसेकपछि आफूखुशी शब लगेर अन्तिम संस्कार गर्न नहुने बताए । अस्पतालसँग समन्वय नै नगरी मेडिकल कलेजले मृतकको शव परिवारलाई जिम्मा लगाएको उनको भनाइ छ ।
हाल उनको सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य भएको पनि उनले जानकारी दिए । उनी दम तथा क्षयरोगका बिरामी भएको बताइएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम