‘मृत्यु भएर अन्त्येष्टि गरेको ८ दिनपछि कोरोना पोजेटिभको रिपोर्ट’
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ।
८ दिन अघि मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए । उनी नेपालमा कोरोनाका कारण मृत्यु हुने चौथो व्यक्ति बनेका छन्।
यद्यपी उनको रिपोर्ट आउनु अघि नै संक्रमितको अन्तिर संस्कार गरिएको छ । वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारका लागि जेठ २ गते भर्ना गरेकोमा ४ गते मृत्यु भएपछि सोही दिन अन्त्येष्टि समेत गरिसकिएको वृद्धको आठ दिनपछि सोमबार पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । डा उपाध्यायले कोरोना शंका गरेर स्वाब संकलन गरिसेकपछि आफूखुशी शब लगेर अन्तिम संस्कार गर्न नहुने बताए । अस्पतालसँग समन्वय नै नगरी मेडिकल कलेजले मृतकको शव परिवारलाई जिम्मा लगाएको उनको भनाइ छ ।
हाल उनको सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य भएको पनि उनले जानकारी दिए । उनी दम तथा क्षयरोगका बिरामी भएको बताइएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल