काठमाडौंका ३ सहित थप ७२ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा एकैपटक थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लामा गरी थप ७२ जना संक्रमित थपिएको जनाएको हो ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं,वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा र सुर्खेतमा गरिएको परीक्षणमा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा टोखा नगरपालिकाका २ जना र बुढानिलकण्ठ नगरपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी रौतहट, सप्तरी, बर्दिया, बारा दैलेख धनुषामा पनि संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या ६७५ पुगेको छ ।






आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम