काठमाडौंका ३ सहित थप ७२ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा एकैपटक थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लामा गरी थप ७२ जना संक्रमित थपिएको जनाएको हो ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं,वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा र सुर्खेतमा गरिएको परीक्षणमा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा टोखा नगरपालिकाका २ जना र बुढानिलकण्ठ नगरपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी रौतहट, सप्तरी, बर्दिया, बारा दैलेख धनुषामा पनि संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या ६७५ पुगेको छ ।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !