नारायणी अस्पतालबाट कोरोना जितेर १८ जना डिस्चार्ज भए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : वीरगञ्जस्थित नारायणी अस्पतलाबाट एकैपटक १८ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।
उनीहरुको लगातार दुईपटकसम्म रिपोर्ट नेगेटिभ आएपछि नारायणी अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको हो । डिस्चार्ज हुने सबै एकै परिवारका सदस्यहरु भएको बताइएको छ ।
गत २१ बैशाखमा वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एक युवकमा कोरोना संक्रमण भएपछि उनको परिवारको सदस्यहरुको समेत परीक्षण गरिएको थियो । त्यसक्रममा परिवारका अरु १७ जना सदस्यमा समेत संक्रमण देखिएको थियो ।
परिवारका ४ महिने शिशु देखि ६६ बर्षका बृद्धमा समेत संक्रमण देखिएको थियो । योसँगै देशभर कोरोना जितेर घर फर्कनेको संख्या १०५ पुगेको छ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै