नारायणी अस्पतालबाट कोरोना जितेर १८ जना डिस्चार्ज भए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : वीरगञ्जस्थित नारायणी अस्पतलाबाट एकैपटक १८ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।
उनीहरुको लगातार दुईपटकसम्म रिपोर्ट नेगेटिभ आएपछि नारायणी अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको हो । डिस्चार्ज हुने सबै एकै परिवारका सदस्यहरु भएको बताइएको छ ।
गत २१ बैशाखमा वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एक युवकमा कोरोना संक्रमण भएपछि उनको परिवारको सदस्यहरुको समेत परीक्षण गरिएको थियो । त्यसक्रममा परिवारका अरु १७ जना सदस्यमा समेत संक्रमण देखिएको थियो ।
परिवारका ४ महिने शिशु देखि ६६ बर्षका बृद्धमा समेत संक्रमण देखिएको थियो । योसँगै देशभर कोरोना जितेर घर फर्कनेको संख्या १०५ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम