बाँकेको कोरोना ‘हटस्पट’ नरैनापुरमा निषेधाज्ञा
हेल्थ टिभी अनलाइन\ काठमाडौं: क्वारेन्टाइनबाट संक्रमित व्यक्ति भाग्न थालेपछि स्थिती नियन्त्रणबाहिर जानसक्ने भन्दै बाँकेको नरैनापुरमा निषेधाज्ञा जारी गर्दै सेना परिचालन गरिएको छ।
जिल्ला सुरक्षा समितिको बैठकले आइतबार राति ८ बजेदेखि लागू हुने गरी नरैनापुर गाउँपालिकाको सम्पूर्ण क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने, नेपाली सेनासमेत परिचालन गर्ने, चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय गरेको समितिका अध्यक्ष एवं बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।
संक्रमित देखिएपछि नरैनापुरलाई सिल गरिएको भए पनि संक्रमित आइसोलेसन जान नमान्ने, विरोध गर्ने गरेपछि कोरोना फैलिन नदिन निशेधाज्ञा जारी गर्दै सेना परिचालन गरिएको हो । संक्रमितको संख्या बढ्दै जाँदा स्वाब संकलन, कन्ट्याक्ट ट्रेसिङ सहज बनाउन एवं कोरोना समूदायमा फैलिन नदिनका लागि संक्रामक रोग ऐन अनुसार निषेधाज्ञा जारी गरिएको बताइएको छ । निषेधाज्ञाका बेला कोही पनि घरबाहिर निस्कन पाउने छैनन्।
नरैनापुरमा मात्रै ११४ जना संक्रमित रहेका छन् भने १ जनाको कोरोना संक्रमणका कारण क्वारेन्टाइनमा मृत्यु भएको थियो।






आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम