सुदूरपश्चिममा थप एक जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार धनगढी स्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि भएक संक्रमित अछामको मेल्लेख गाउँपालिका ४ का ३२ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार संक्रमित व्यक्ति जेठ ८ गते गौरीफन्टा नाकाबाट फर्किएका थिए। सीमामा आउने बेलामा आरडीटी परीक्षणका क्रममा पोजेटिभ देखिएपछि उनलाई सेती अस्पतालको आईसोलेसनमा राखेर स्वाब संकलन गरिएको थियो ।
अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था समान्य रहेको छ। आज पुष्टि भएका व्यक्तिसहित सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या १५ पुगेको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम