कोरोना जितेर डिस्चार्ज भए बुटवल र वीरगञ्जका १९ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं: बुटवलको कोरोना विशेष अस्पतालबाट आज एकैपटक १० जना संक्रमित कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
दुई साता अघि कोरोना विशेष अस्पतालमा भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालले जनाएको छ । निको भएका उनीहरू सबै कपिलवस्तुका हुन्।
यसैगरी उता वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारमा रहेका ९ जना कोरोना संक्रमित पनि उपचारपछि निको भएर घर फर्केका छन्। उनीहरुको दुईपटक सम्मको रिपोर्टमा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए ।
शुक्रबार मात्रै बाँकेका २१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम