कोरोना जितेर डिस्चार्ज भए बुटवल र वीरगञ्जका १९ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं: बुटवलको कोरोना विशेष अस्पतालबाट आज एकैपटक १० जना संक्रमित कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
दुई साता अघि कोरोना विशेष अस्पतालमा भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालले जनाएको छ । निको भएका उनीहरू सबै कपिलवस्तुका हुन्।
यसैगरी उता वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारमा रहेका ९ जना कोरोना संक्रमित पनि उपचारपछि निको भएर घर फर्केका छन्। उनीहरुको दुईपटक सम्मको रिपोर्टमा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए ।
शुक्रबार मात्रै बाँकेका २१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए ।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित