कोरोना नियन्त्रणमा असहयोग गरेको भन्दै युनिभर्सल मेडिकल कलेजलाई प्रदेश सरकारले दियो कारवाही गर्ने चेतावनी
हेल्थ टिभी अनलाइन\ काठमाडौं : युनिभर्सल मेडिकल कलेजमा कार्यरत जनशक्तिलाई कोरोना अस्थायी अस्पतालमा पठाइदिन आग्रह गर्दा पनि नपठाएको भन्दै प्रदेश सरकारले कारवाहीको चेतावनी दिएको छ ।
कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य निर्देशनालय बुटवलले उक्त मेडिकल कलेजबाट जनशक्ति पठाइ सहयोग गर्न पत्र पठाएको थियो । तर सहमति अनुसार चिकित्सक र नर्स नपठाईएको भन्दै युनिभर्सल मेडिकल कलेजलाई प्रदेश ५ सरकारले कारवाही गर्ने चेतावनी दिएको हो ।
भैरहवामा बनाईएको कोरोना विशेष अस्थायी अस्पतालमा युनिभर्सल मेडिकल कलेजले दुई जना कन्सल्ट्यान्ट डाक्टर र १० जना नर्स उपलब्ध गराउने प्रतिवद्धता जनाएकोमा अहिले सम्म नपठाएकोले कलेजलाई सहमति अनुसार नगए यो विषम परिस्थितीमा असहयोग गरेको भन्दै कारवाही गरिने पत्रमा उल्लेख छ ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने