भारतबाट आएका थिए बैतडीका संक्रमित
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : स्वास्थ्य मन्त्रालयले आज पुष्टि गरेका बैतडीका चारै जना संक्रमित भारतबाट आएको खुलेको छ ।
उनीहरु जेठ ८ गते गौरिफन्टा नाकाबाट उद्धार गरिएका व्यक्तिहरु हुन्। उनीहरुमा यसअघि नै आरडीटी पोजेटिभ देखिएपछि सेती अस्पतालको आइसोलेसनमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
बैतडीका संक्रमित देखिएका उनीहरु शिवनाथ गाउँपालिकाका हुन । उनीहरुमध्ये दुई जनाको उमेर २० वर्ष , एक जना २२ वर्ष र अर्का एकजना २७ वर्षका रहेका छन्। उनीहरुसँगै सोही दिन धेरै व्यक्तिहरु नेपाल भित्रिएका थिए । उनीहरु पनि जोखिमा रहेको बताइएको छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो