अस्पतालमा आएका एक बिरामीमा कोरोना देखिएपछि डडेल्धुरा अस्पतालका चार चिकित्सकसहित ७ जना क्वारेन्टाइनमा
हेल्थ टिभी अनलाइन \डडेल्धुरा : डडेल्धुराका कोरोना संक्रमित युवक कोरोना पुष्टि हुनुअघि उपचार गराउन डडेल्धुरा अस्पताल आएको पाइएपछि अस्पतालका चार चिकित्सकसहित ७ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार उनमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो। डडेल्धुराको परशुराम नगरपालिका–१० का २८ वर्षीय ती युवक जेठ ६ गते अस्पताल आएका थिए । अस्पतालले उनलाई स्क्रब टाइफस भएको बताएको थियो।
उक्त युवकलाई ज्वरो पनि आएकाले स्वाब सकंलन गरी परीक्षण गरिएको थियो । अहिले उनको स्वाब संकलनमा खटिएका चिकित्सक र अन्य स्टाफहरूलाई क्वारेन्टाइनमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए। डा विष्टका अनुसार जेठ ६ गते स्वाब सकंलन पश्चात युवकलाई घरमै आराम गर्न सुझाव दिएर घर पठाइएको थियो।
क्वारेन्टाइनमा रहेका चार चिकित्सक र अन्य तीनजना स्टाफको आजै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने डडेल्धुरा अस्पतालका सुचना अधिकारी टंकप्रसाद पन्तले जानकारी दिए।
कोरोना संक्रमित युवक हाल डडेल्धुरा अस्पतालको आइसोलेसनमा रहेका छन्।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो