ग्रान्डीका संक्रमित कर्मचारीलाई पाटन अस्पतालको आइसोलेसनमा लगियो
संक्रमित कर्मचारीले काम गर्ने विभाग सिल गरियो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना संक्रमण पुष्टि भएका ग्रान्डी अस्पतालका कर्मचारीलाई पाटन अस्पतालको आइसोलसनमा लगिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले आज कोरोना पुष्टि भएका ग्रान्डीका एक जना कर्मचारीलाई पाटन अस्पतालको आइसोलेसनमा लगिएको बताए । उनले भने, ‘उहाँलाई उपचारका लागि भर्खर पाटन लगिएको छ । साथै उहासँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम समेत अघि बढिसकेको छ ।’ उता अस्पतालमा उनी कार्यरत विभागलाई सिल गरिएको पनि डा पाण्डेले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान काठमाडौंका ३५ वर्षीय पुरुषमा कोरोना भएको उल्लेख गरेको थियो । स्रोतका अनुसार उनी ग्रान्डी अस्पतालको ल्याबमा काम गर्ने कर्मचारी हुन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम