Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंसहित थप ३२ जनामा कोरोना संक्रमण देखियो

काठमाडौंसहित थप ३२ जनामा कोरोना संक्रमण देखियो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा शनिबार बिहानै थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयका अनुसार कपिलवस्तुका ८ जना, सर्लाहीका १३ जना, बाराका १ जना, काठमाडौंका १ जना रुपन्देहीका ८ जना र चितवनका १ जना गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । यसैगरी उपचारपछि निको भएर घर फर्किनेको संख्या ७० रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार